२८ असोज, काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीए) क्रिकेट प्रतियोगिताको बैंकिङ पाटनरमा नबिल बैंक जोडिएको छ ।
सम्झौता पत्रमा क्विन्स इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामा र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाहले हस्ताक्षर गरे ।
काठमाडौंमा भएको सम्झौता कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल र पूर्व मिस नेपाल तथा नबिल बैंकको ‘भिसा गर्ल’ श्रृष्टी श्रेष्ठको उपस्थिति रहेको थियो ।
सम्झौतापछि सीईओ शाहले पोखरा पि्रमियर लिगको बैंैकिङ पार्टनर हुन पाएकोमा खुशी रहेको बताउँदै सहभागी ६ वटै सहरमा क्रिकेटको माहोल ल्याउने बताए ।
त्यस्तै, नेपाली क्रिकेट टिमका कप्तानले पीपीएलले पोखरालाई क्रिकेट हब बनाउन सहयोग पुग्ने बताए ।
नबिल बैंकसँगको सम्झौता कति रकममा भएको हो त्यो भने दुबै पक्षबीच गोप्य रहेको प्रबन्ध निर्देशक छुम्बी लामाले बताए ।
पोखरामा आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेट प्रतियोगिता सुरु हुदैछ । ६ टिमको सहभागिता हुने पीपीएल पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुनेछ ।