२८ असोज, डोटी । कैलाली, गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले १० सहाराविहिन बालबालिकाहरुलाई न्यानो लुगा प्रदान गरेकी छन् ।
दशैं अवसर पारेर उपप्रमुख कडायतले अत्तरियामा अनाथ, असहाय बालबालिकाहरुलाई न्यानो लुगा प्रदान गरेकी हुन् ।
नगरपालिकाको केन्द्र अत्तरियामा रहेको बालबालिका सेफ हाउसमा रहेका बालबालिकाहरुलाई चिसोबाट जोगाउन न्यानो लुगा वितरण गरिएको कडायतले बताइन् ।
सेफ हाउसमा रहेका कुनै पनि बालबालिकाहरुलाई चिसो नलागोस् भन्नका लागि आफूले लुगा वितरण गरेको कडायतको भनाइ छ ।
‘अनाथ, असहाय बालबालिकाहरुलाई जाडोको मौसममा चिसोवाट बचाउन सक्नु पर्छ’ कडायतले भनिन् ‘यदि न्यानो लुगा भएन भने उनीहरु निमोनियाका सिकार हुन सक्छन् ।’
उनले गोदावरी नगरपालिका क्षेत्रभित्र रहेका अनाथ, असहाय बालबालिकालाई एक्लोपन महसुस नहुने गरी आफूले व्यक्तिगत र नगरपालिकाको तर्फवाट निरन्तर सहयोग गर्ने बताइन् ।



