Uncategorized

गाडी किन्न छुट्याएको पैसाबाट मेयरले जनतालाई किनिदिए पानी ट्यांकर

[ad_1]


सर्लाही- आफ्नो लागी गाडी किन्न नगरपालिकाबाट छुट्याएको पैसाबाट बागमती नगरपालिकाका मेयरले जनतालाई पानी ट्यांकी किनेर स्वच्छ पानीको व्यवस्था गरेका छन् ।

मेयर भरत कुमार थापाले आफु चड्ने गाडी खरिद गर्न छुट्याएको ३० लाख रुपैँयाले जनतालाई पानी ढुवानी गर्ने ट्यांकर खरिद गरेका हुन् । पानी ट्यांकरले मंगलबारबाट जनताको घर दैलोमै निःशुल्क पानी पुर्याउन सुरु गरेको छ । शुद्ध खानेपानी घरघरमै आएपछि स्थानीय हर्षित बनेका छन् ।

जिल्लाको बागमती नगरपालिका वडा नम्बर–१ मा शुद्ध खानेपानी अभाव झेल्दै आएका थिए । खानेपानीका लागि दैनिक दुई घण्टा पैदल हिँड्नु पर्ने बाध्यता छ । गाँउमा शुद्ध खानेपानीको ब्यवस्था नभएकोले खोलाको धमिलो पानी खानुपरेको स्थानीय बिरबहादुर घिसिङको गुनासो थियो ।

पुर्व पश्चिम लोकमार्गबाट चार किलोमिटर उत्तरको दापडाँडा, वाईवा टोल, ढुमाजोरका गरी झण्डै सय घर परिवार खानेपानी अभाव झेल्दै आएका छन् । जनप्रतिनिधि आएपछि गाँउको खाने पानीको समस्या टरेको स्थानीय सञ्चमाया घलानले बताए ।

चुरे क्षेत्रमा पर्ने उक्त गाँउहरुमा पानी पुर्याउने अन्य विकल्प नरहेकोले पानी ट्ंयाकरबाट भएपनि पानी खुवाउने प्रयास गरेको मेयर थापाले बताए । ‘पानीका लागि स्रोतको खोजी भइरहेको छ,’ थापाले भने, ‘अर्काे उपाय नहुन्जेल ट्यांकरबाट पानी वितरण गर्छौ । खोलाको दुषितपानी पिउँदा धेरै पटक गाउँमा झाडा पखाला जस्ता महामारी फैलिएको सोही वडाका वडा अध्यक्ष गम्भिरसिंह पाख्रिनले बताए ।

ट्ंयाकरले अब दैनिक उक्त गाँउमा पानी ढुवानी गर्ने बागमती नगरपालिका कार्यलयले जनाएको छ । नगरपालिका क्षेत्रमा हुने सामाजिक काममा समेत ट्ंयाकरले निःशुल्क पानी ढुवानी गर्ने जनाएको छ ।

metrodainik.com बाट ।


[ad_2]

Source link

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *