Uncategorized

ऋतिकलाई बहिष्कार गर्न कंगनाको आग्रह

बलिउडमा कंगना रणावतले नायक ऋतिक रोशनलाई पनि ‘मि टु’ मा मुछिदिएकी छिन् । कुनै बेला उनीहरु प्रेमी-प्रेमिका थिए । ‘मि टु’ आतंकले सिंगै बलिउड तातेको बेला कंगनाले ऋतिकको नाम लिएकी हुन् । उनले एक अन्तरवार्तामा ऋतिकलाई बलिउडबाटै बहिष्कार गर्नसमेत आग्रह गरिन् ।

कंगना भन्छिन्, ‘ह्यारेसमेन्ट भनेको शारीरिक मात्रै हुँदैन मानसिक पनि हुन्छ । घरमा श्रीमती हुँदाहुँदै कुनै तरुनी केटीलाई विभिन्न प्रलोभन देखाएर शारीरिक सम्वन्ध राख्नु र पछि पागलको संज्ञा दिनु पनि एक किसिमको ह्यारेसमेन्ट हो । यस्ता व्यक्तिहरुलाई पनि इन्डष्ट्रीबाट सफाइ गर्नुपर्छ ।’

त्यसपछि उनले ऋतिकको नामै उच्चारण गरिन् । कंगनाले भनिन्, ‘हो म ऋतिक रोशनकै कुरा गर्दैछु । उनीसँग कसैले पनि काम गर्नु हुँदैन ।’ विवाहित ऋतिकसँग कंगनाको लामो समय प्रेम थियो । तर, उनीहरु पछि छुट्टएि । ब्रेकअपसँगै उनीहरुको सम्वन्धमा तिक्तता आयो र सामाजिक सञ्जालमा आरोप प्रत्यारोप गरे । अहिले यो प्रसंग अलि सेलाएको थियो ।

कंगनाले निर्देशक बिकास बहलमाथि पनि यौनशोषणको आरोप लगाएकी छन् । उनले फिल्म ‘क्वीन’ मा काम गर्दा उनी आफूसित अनावश्यकरुपमा नजिकिन खोजेको र कपालमा घुसि्रने गरेको बताएकी थिइन् । तर, ऋतिकले यिनै विकाससँग फिल्म ‘सुपर ३०’ मा काम गर्दैछन् । विकासमाथि लागेको आरोपबारे ऋतिकले मुख खोलेका छैनन् । यद्यपि, उनीमाथि यो फिल्म छोड्न दवाव परिरहेको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *