Uncategorized

बीच सडकमा ट्रक पल्टिएपछि पूर्व–पश्चिम राजमार्गको आवागमन प्रभावित

२६ असोज, नवलपरासी । सडकमा ट्रक पल्टिएपछि पूर्व–पश्चिम राजमार्गको सवारी आवागमन प्रभावित भएको छ । नवलपरासीको दाउन्नेमा भुस बोकेको ट्रक पल्टिएपछि बिहान ५ बजेदेखि आवागमन प्रभावित भएको हो ।

जिल्ला प्रहरी कार्यालय, नवलपरासी पूर्वीले भुस बोकेको ट्रक शनिबार बिहान ५ बजे पल्टिएपछि सवारी साधन एकतर्फी मात्रै सञ्चालनमा आएको जनाएको छ ।

सडक एकतर्फी मात्रै चलेपछि दशैंका लागि घर हिँडेका र काठमाडौं आइरहेका सवारी साधनको जाम पूर्व–पश्चिम राजमार्गमा लागेको छ ।

बिहान ५ बजे नै ट्रक पल्टिए पनि अझै हटाइएको छैन । अवरोध हटाउन क्रेन मगाइएकाे र छिट्टै पन्छाइने जानकारी जिल्ला प्रहरी कार्यालय, नवलपरासी पूर्वीले दिएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *