Uncategorized

काठमाडौंमै सिसामाथि हिँड्ने सुविधासहित ‘स्काइवाक टावर’

५ असोज, काठमाडौं । कोरिया पुगेपछि सोल टावर नचढ्ने कमै हुन्छन् । फ्रान्सको अाइफेल टावर भन्नुस वा जापानको टोकियो टावर । हरेक देशमा गर्व गर्न लायक टावर छन् । नेपालमा पनि निजी क्षेत्रका युवा उद्यमीको पहलमा ‘स्काइवाक टावर’ निर्माण हुने भएको छ, त्यो पनि राजधानीकै मुटु कमलादीमा ।

दक्षिण एशियाकै पहिलो ‘स्काइवाक टावर’ नेपालमा निजी क्षेत्रको लगानीमा निर्माण हुने भएको हो । वण्डर्स नेपालले निर्माण गर्ने उक्त टावर काठमाडौंको कमलादीस्थित शान्तिकुञ्जमा रहेको १३ रोपनी जग्गामा बन्नेछ । टावर निर्माणका लागि २ अर्ब रुपैयाँ लगानी हुनेछ ।

काठमाडौंमा फरक किसिमबाट समय बिताउन चाहानेका लागि टावर उत्कृष्ट विकल्प बन्ने दावी कम्पनीको छ ।

आगामी तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनासहितको उक्त परियोजनाको शब्यदृश्य परिकल्पना सार्वजनिक गर्दै वर्ल्ड नेपालका अध्यक्ष इन्जिनियर आकर्षण पोखरेलले तोकिएको समयभित्र परियोजना सम्पन्न गरिने बताए ।

टावर बनेपछि सगरमाथा र बुद्धको देश भनेजस्तै दक्षिण एशियाकै पहिलो स्काई टावरको परिचय नेपालले पाउने वल्र्ड नेपालको भनाइ छ ।


सो कम्पनीले नेपालका विभिन्न १० स्थानमा स्काईवाकको निर्माण र सम्भावनाबारे अध्ययन गरी काठमाडौँको कमलादीलाई रोजेको हो ।

उक्त टावर १०० मिटरको हुनेछ भने त्यहाँ सुविधासम्पन्न पार्किङसहितका व्यावसायिक कम्प्लेक्स निर्माण गरिनेछ । टावरबाट काठमाडौं उपत्यकाको दृष्यावलोकन गर्न सकिनेछ । टावरभित्र अत्याधुनिक सबै सुबिधाहरु उपलब्ध हुनेछन् ।

परियोजनाका इन्जिनिनयर सन्जिव रोकाहाले ३ वर्षभित्र स्काइवाक टावर निर्माण भएर हरेक नेपालीले एकपटक टावर चढ्ने बताए । उनले यो परियोजना सकिए लगत्तै यो भन्दा ठूलो र राष्ट्रिय गौरवको अर्को परियोजना आफूहरुले ल्याउने दावी समेत गरे ।

कस्तो हुन्छ टावर ?

साहासिक व्यक्तिका लागि सिसामाथि हिँड्ने अनुभव नेपालमै दिने यो टावर पहिलो हुनेछ ।

टावरको ७५ मिटरको अग्लाईमा सिसामाथि हिँड्न सकिने सुविधा दिइने छ । त्यहाँबाट सीधै तलको भुईमा हेर्न सकिने भएकाले अवलोककर्तालाई आकाशका हिँडेको जस्तै अनुभूति हुने पोखरेलले बताए ।


टावरको माथिल्लो भागमा अोपन रेस्टुरेन्टसहित नाइट क्लव पनि हुनेछ । भुई तल्लाका भागमा भने कफी तथा सोभिनियर सपहरु राखिनेछन् । टावरमा इभेन्टहरु पनि गर्न सकिने पोखरेलले बताए ।
यो टावरमा प्रवेश गर्दा निश्चित शुल्क लिइनेछ । टावरमा जानेहरुको सुरक्षा जाँच हुनेछ ।

टावरमा अण्डरग्राण्डसहित १५० भन्दा बढी कार र ५ सयभन्दा बढी मोटरसाइकल पार्क गर्न सकिने सुविधा पनि दिइनेछ । टावरलाई सुरक्षित पर्यटकीय र मानेरन्जनको गन्तब्य बनाउने योजना कम्पनीको छ ।

३२ सय रोपनी जग्गा दिन तयारः मन्त्री

प्रदेश ३ का भौतिक पुर्वाधार मन्त्री केशव स्थापितले स्काइवाक टावर निर्माणमा आफूले सबै सहयोग उपलव्ध गराउने र यस्तै परियोजनाका लागि बनेपामा ३२ सय रोपनी जग्गा दिन समेत आफू तयार रहेको बताए ।

उनले आफूले मेयर हुँदा १८ दिनमा माइतीघर मण्डला निर्माण गरेको स्मरण गर्दै इच्छाशक्ति भएका युवा उद्यमीहरुले २ वर्षमा टावर निर्माण गर्न सक्ने आफूले देखेको बताए ।

भिडियो हेर्नुस्

[youtube https://www.youtube.com/watch?v=kYdX19MSsv8]
थप फोटो हेर्नुस्














अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *