Banner News

‘सांसदमा पनि पुरक परीक्षा दिन पाईदो रहेछ है’ वामसरकार?

एक सामाजिक संजाल कर्ता भन्छन ‘राजनीतिमा (सांसद) पनि पुरक परीक्षा दिन पाईदो रहेछ है’ !

अचम्म के भयो भने फेल भएर पनि पास हुन पुरक परिक्षा दिए जस्तै राजनीतिमा पनि ठ्याक्कै लागु हुँदै आएको छ । उसो त एमाले जात भनेको हारेर पनि देशको प्रधानमन्त्री हुन पाउने ऐजेरुको जात हो । यहि ऐजेरु जातलाई नेपाली जनताले किन पत्याएर आफै बेकुफ्याई गरे होलान ?

सायद आज आएर यसको महसुस पक्कै गरेको हुनुपर्छ, कि हामी कति बेकुफ रहेछौ भनेर ।

ऐजेरु जातले बेला न कुबेला यति बेला बेमौसमको खेति गर्दै चुनावको रडाको मच्चाएको छ । त्यो पनि पुरक परिक्षा झैँ हिजो चुनावमा हारेका वामदेवलाई चुनाव लडाउने दाउ बोकेर ।

चुनाव नामको कथित मेलाले देश कंगाल बनाउछ भन्ने कुरा हेक्का हुँदाहुँदै, फेरी उस्तै मेला किन भर्नु पर्ने होला ?

राजनीतिक बेइमानीहरु संग नैतिकता भन्ने चिज रत्तिभर पनि हुँदैन । सौदाबाजीमा नैतिकता नै बेच्न तयार हुने राजनीतिक बुज्रक प्राणि हो । यसको उदाहरण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र त्यस भित्रका पात्र केपी ओली, प्रचण्ड र मुख्य रोल मोडलिङकर्ता वामदेव गौतम हुन् ।

ज्यूँदा सांसद रामबिर मानन्धरलाई मारेर अर्थात राजिनामा गराएर, हारेका बामदेवलाई सांसद बनाउने कर्तुत राजनीतिक नैतिक हरामहरुको कार्य हो । यस्तो कर्तुत कम्युनिष्ट नैतिकता भित्र पर्दैन । अझै जनपक्षीय म्यान्डेट भित्र त झन् पर्दै पर्दैन ।

यस्तो बहानावाजी राजनीतिले पार्टीको नीति विधिको त धज्जी उडायो नै, सरकारको आफ्नो सिस्टम र प्रणालीको पनि साखै उडाउने कार्य हो । यसले सरकार र पार्टी दुबैलाई कम्जोर बनाउछ ।

रामबिरलाई सांसदबाट बर्खास्त गर्नुको उचित कारण नै देखिदैन । यदि उनको असक्षमता माथि प्रश्न उठाएर सांसद पद च्युत गर्न खोजिएको हो भने पनि मदन भण्डारीको जनताको बहुदलीय जनबादको सिद्दान्तको ठाडो उलंघन हो । किन भने जनताले मत द्वारा प्राप्त गरेको सांसदलाई बिनाकारण संसद वा पार्टीले बद्दर गर्ने अधिकार भित्र पर्दैन । किनकी त्यो जनता जनार्दनको म्यान्डेट हो, जनताको रोजाई हो, जनताको बहुदलीय मत हो ।

गएको चुनावमा काठमाडौँ क्षेत्र नं. ७ बाट उम्मेद्वार दिएका तत्कालीन नेकपा एमालेका नेता रामवीर मानन्धरले १८१०२ मत प्राप्तगरि लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार, राप्रपाका नेता तथा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री विक्रमबहादुर थापालाई परास्त गरेका थिए । कुल १००७९ मत पाएका थापालाई ८०२३ मतको भारी अन्तरले हराएका थिए । उनको यो जित चानचुने थिएन ।

उनको जितको इतिहास अझै लामो छ । मानन्धरले २०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा तत्कालिन माओवादीकी नेत्री हिसिला यमीलाई पराजित गरेका थिए। रामवीर मानन्धर पार्टीमा स्वाभिमानी, निडर, प्रष्ठबक्ता र राम्रो सम्भावना बोकेको नेता मानिन्छन, जसको कारण उनले हरेक पटक चुनावमा जित दर्ज गर्दै आएका छन्, जनताले चुन्दै आएका छन् ।

गएको मंसिरमा भएको प्रतिनिधिसभा चुनावमा बर्दिया क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका तत्कालीन एमालेका वामदेव गौतम कांग्रेस उम्मेदवार सञ्जय गौतमसँग पराजित भएका थिए । उनको कालो इतिहासको बखान गरि साध्य छैन ।

पराजित भएर पनि संसदमा छिर्न वा छिराउन नेकपा भित्र जुनखालको रोलकाल भएको छ, यो नै गैरराजनीतिक कार्य हो । यस्तो नीति र विधिले जनतामा नैराश्यता र अविश्वास पैदा गर्दछ । यदि रामवीरलाई हटाएर वामदेवलाई चुनाव लडाए केपी ओली र प्रचण्ड दाहाललप गम्भीर भुल हुनेछ । यसको असर दीर्घकालीनरुपमा पर्न जाने निश्चित छ ।

तर पद र प्रतिष्ठा तथा ब्रिफकेसको चलखेलमा रमाउने नेकपाका नेताहरुले हारेका वामदेव फेरी चुनावमा लडाउने कार्य पैसाकै लेनदेनका लागि भैरहेको प्रष्टै हुनेछ । यस्तै गैर राजनीतिक गतिविधिका कारण देश युगौ पछी परेको सत्य हो ।

एउटा कुरा लेखेर राख्नु बामदेवलाई सत्तामा ल्याएर माखो समेत मर्ने वाला छैन, यो ग्यारेन्टी हो ।

 

Source link

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *