Uncategorized

आउँदो विश्वकपमा अफगानिस्तानसँग डराउनुपर्छ : मुन्रो

२३ असोज, काठमाडौं । न्युजिल्याण्डका ब्याट्सम्यान कोलिन मुन्रोले २०१९ मा हुने एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तान प्रमुख टिममा रुपमा रहने बताएका छन् ।

अफगानिस्तान प्रिमियर लिगमा बाल्ख लिजेण्ड्सबाट खेलिरहेका मुन्रोले अफगानिस्तानको ब्याटिङ र बलिङ दुवै राम्रो भएको बताएका छन् ।
‘उनीहरु ब्याटिङ र बलिङ दुवैमा निर्भर रहेर खेल जित्न सक्छन् । उनीहरुले एसिया कपमा पनि आफूहरु कस्तो टिम हो भन्ने देखाइसकेका छन्’ मुन्रोले भने ।

क्रिस गेल, ब्रेन्डन म्याकुलम र साहिद अफ्रिदि जस्ता खेलाडी अफगानिस्तान पि्रमियर लिगमा खेलिरहेकाले पनि अफगानिस्तानका नयाँ खेलाडीले विश्वकप अघि धेरै फाइदा लिने मुन्रोको भनाइ छ ।

‘उनीहरुले मसँग पनि क्रिकेटका विभिन्न तरिकाबारे सोधिरहेका हुन्छन् । युवा खेलाडीहरुलाई आफूले जानेको कुरा भनिदिन पाउँदा मलाई पनि खुसी लाग्छ’ उनले भने ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *