Uncategorized

मालपोत कार्यालयमा सुरु भयो सरलीकृत फारम

२३ असोज, काठमाडौं । सरकारले भूमिसुधार तथा मालपोत कार्यालयहरुमा सेवाग्राहीको कामलाई सहज बनाउन ‘सरलीकृत फारम’ को व्यवस्था गरेको छ ।

भूमिसम्बन्धी सेवाग्राहीको कामलाई सहज, सुलभ र पाददर्शी बनाउने उद्देश्यले सरकारले मंगलबारबाट भूमिसुधार तथा मालपोत कार्यालयहरुमा सरलीकृत फारम सेवा सुुभारम्भ गरेको हो ।

ललितपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयमा एक कार्यक्रमका बीच सो सेवाको शुभारम्भ गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पदमा अर्यालले जनतालाई सहज, सुलभ र पारदर्शी ढंगले भूमिसम्बन्धि सेवा उपलब्ध गराउन सो सेवाको पनि शुभारम्भ गर्नुपरेको स्पष्ट पारिन् ।

३४ वटा भूमिसुधार तथा मालपोत कार्यालयहरुमा एकसाथ सुभारम्भ गरिएको सो सरलीकृत फारम सामान्य नागरिकले पनि भर्न सक्ने गरी व्यवस्था गरिएको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले जानकारी दिए । मन्त्रालयले एक वर्ष भित्र १ सय ५ वटै भूमि सुधार तथा मालपोत कार्यालयहरुमा सो सरलीकृत फारमको व्यवस्था गर्न लागिएकेा पनि जनाएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले एक वर्षभित्र सबै भूमिसुधार तथा मालपोत कार्यालयहरुमा अनलाइन सेवा सञ्चालनमा ल्याउने महत्वकांक्षी योजना पनि यसअघि नै सार्वजनिक गरिसकेको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *