Uncategorized

सिन्धुपाल्चोकमा दुई महिनामा सात बलात्कार

२१ असोज, सिन्धुपाल्चोक । सिन्धुपाल्चाकेमा दुई महिनाको अवधिमा बलात्कारका सातवटा घटना भएका छन् ।

ती घटनामा संलग्न पाँच जना पक्राउ परेका छन् भने दुई जना फरार रहेका छन् । करणीसम्बन्धी कसूरमा दुई जना पक्राउ परेका छन् भने बालयौन दूराचारको आरोपमा एक शिक्षकसहित दुई जना पक्राउ परेका छन् ।

समाजमा बालत्कारलगायत अन्य घटनाहरुको विद्यार्थीमार्फत चेतना फैलाउने उद्देश्यले स्कलमा कार्यक्रम गर्न सुरु गरिएको जिल्ला प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीले जानकारी दिए ।

‘सिन्धुपाल्चोकमा पनि बलात्कार टे्रन्ड बढेको देखियो’ उनले भने ‘यसलाई रोक्न र जनचेतना फैलाउन स्कुल स्कुलमा प्रहरी अभियान सञ्चालन गरेका छौं ।’

जिल्लाका ३५ हजार विद्यार्थीको मा प्रहरी अभियान लिएर पुग्ने योजना भए पनि हालसम्म १ सय १२ विद्यालयका १२ हजार ३ सय २८ विद्यार्थी मा प्रहरी पुगेको डीएसपी विमलराज कँडेलले जानकारी दिए ।

दशैंमा डीएसपीको कमाण्डमा ३७७ प्रहरी परिचालन

दशैंलाई लक्षित गरेर जिल्ला प्रहरी कार्यालयले विशेष शान्ति सुरक्षाको अभियान सुरु गरेको छ । दशैं अवधीभर जिल्लाका तीन नगरपालिका र नौ गाउँपालिकामा डीएसपीको कमाण्डमा ३ सय ७७ प्रहरी परिचालन गरिने आइतबार आयोजित पत्रकार सम्मेलनमा एसपी मरासिनीले जानकारी दिए ।

जिल्ल्ााका विभिन्न ८७ स्थानमा प्रहरीले २४ सै घण्टा सुरक्षाका साथ गस्ती गर्ने, मदिरा नियन्त्रण गर्ने, जुवातासलगायतका गतिविधिलिाई पूर्ण रुपमा नियन्त्रण गर्ने प्रहरीको विशेष सुरक्षा योजनामा रहेको छ ।

जिल्लाको प्रमुख राजमार्गहरुमा प्रहरीको गस्तीलाई तिव्रता दिइने प्रहरीको योजना रहेको छ । अरनिको राजमार्ग, चौतारा-नवलपुर-मेलम्ची, बलेफी-जलविरे-गुम्बा सडकमा विशेष रुपमा रात्री गस्ती समेत गर्ने जिल्ला प्रहरी कार्यालयका डीएसपी कँडेलले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीसहित उपस्थितिमा गराइएको पत्रकार सम्मेलनमा राजमार्ग तथा अन्य सडकहरुमा यात्रुहरुका सुविधाको लागि यात्रु सहायता कक्षा समेत सञ्चालन गरिने प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले दशैं वा अन्य समयमा समाजमा शान्ति सुरक्षा खल्बल्याउनेलाई कुनै हालतमा पनि नछोड्ने बताएको छ ।’ हामी विवेकपूर्ण कठोरतालाई मूलमन्त्र मान्दै अघि बढ्ने छौं, जिल्ला प्रहरी प्रमुख मरासिनीले भने ‘जिल्लामा आउन साथ गुण्डागर्दीविरुद्ध विशेष अभियान सञ्चालन गरेको छु ।’

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *