Uncategorized

साफ यु-१८ महिला च्याम्पियनसिप: उपाधि उचाल्ने लक्ष्यमा नेपाली चेली

२१ असोज, काठमाडौं । साफ यु-१८ महिला च्याम्पियनसिप फुटबलको उपाधि रक्षाको लागि आज नेपालले फाइनलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

भुटानको थिम्पुस्थित चाङलिमिथाङ मैदानमा स्थानीय समयअनुसार ७ बजे खेल सुरु हुनेछ । नेपाली यु-१८ महिला फुटबल टिम उपाधि जित्ने लक्ष्यको साथ मैदानमा उत्रिदैछ ।

समूह चरणमा भने नेपाल बंगालदेशसँग पराजित भएको थियो । बंगलादेशसँग समूह चरणमा २-१ गोलले हारेको बदला लिँदै उपाधि जित्ने दाउमा नेपाल छ ।

सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो । बंगलादेशले भने आयोजक भुटानलाई ४-० गोलअन्तरले पराजित गर्दै फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो ।

फाइनल खेलअघि भुटान र भारतले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *