Uncategorized

टेष्ट क्रिकेटमा भारतको कीर्तिमानी जित

काठमाडौं । भारतले वेष्ट इण्डिजलाई एकतर्फी टेष्ट म्याचमा एक इनिङ र २७२ रनले हराएको छ । यो भारतीय टेष्ट टिमकै अहिलेसम्मको सबैभन्दा ठूलो जित हो ।

राजकोटमा तेस्रो दिन पनि भारतीय टिम हावी भयो । भारतले भ्रमणकारी टोलीलाई सय भन्दा कम ओभरमा दुई पटक अलआउट गर्‍यो । तेस्रो दिन वेष्टइण्डिजको १४ विकेट गुम्यो ।

६ विकेटको क्षतिमा बनाएको ९४ रनबाट दिनको खेल थालेको वेष्ट इण्डिज १८१ मा अलआउट भयो र पहिलो पारीमा ४६८ रनले फलोअनमा पर्‍यो । शनिबार नै दोस्रो पारी थालेको वेष्टइण्डिज १९६ रनमा अलआउट भयो ।

कुलदिप यादव र आर अश्विनले समान ६-६ विकेट लिए ।

भारतले तीन ब्याट्सम्यानको शतकको मदतमा पहिलो पारीमा ६४९ रन बनाएको थियो । पहिलो टेष्ट म्याच खेलिरहेका पृथ्वी शाले १३४ रन बनाउँदा कप्तान विराट कोहलीले १३९ र रविन्द्र जडेजाले १०० रन बनाएका थिए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *