Uncategorized

प्रियंका र पुष्कलको मादक नाच

दशैं नजिकिँदैछ । दशैंलाई राम्रो लाउने र मिठो खाने पर्वको रुपमा लिइन्छ । वायुमण्डलमा सरद ऋतुको सीतल हावा चल्न थालेको छ । आकास खुल्दैछ । खुला आकासमा रंगीचंगी चंगा उड्न थालेको छ । ठ्याक्कै यही मादक मौसममा एउटा गीतको भिडियो सार्वजनिक भएको छ । गीतको बोल छ, दिल टुटे भन्दा बढ्ता ।

सुरज मानन्धरले गाएको यो गीतलाई निकेश खड्काले भिडियोमा रुपान्तरण गरेका छन् । निकेस आफैमा चल्तापूर्जा म्युजिक भिडियो निर्देशक हुन् । उनले एउटा चलचित्र पनि निर्माण गरिसकेका छन् ।
निकेशको निर्देशनमा अभिनेत्री प्रियंका कार्की र अभिनेता पुष्पल खड्कालाई फिचरिङ गराइएको छ । गीतको भिडियो बुद्ध थापाले खिचेका हुन् । बिकास धमलाले सम्पादन गरेका हुन् ।

गीतका रचनाकार हुन्, आनन्द अधिकारी । संगीतकार हरि लम्साल । गीतमा मदिरा र प्रेमको समिश्रण छ । विवाहको पृष्टभूमिमा छायांकन गरिएको गीतमा प्रेमीबाट धोका पाएका एक नवजवानले वियोगको पीडा भुल्न मदिरा पिएको प्रसंगलाई जोड्दै गीत गाएका छन् । गीत वियोगको भएपनि रोमान्टिक शैलीको छ ।

[youtube https://www.youtube.com/watch?v=eMEJomvxIwc]

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *