१७ असोज, काठमाडौं । आउँदै गरेको दशैंलाई लक्षित गरी सर्लाहीको बरहथवामा प्रथम राष्ट्रिय खुल्ला मेयर कप भलिबल प्रतियोगिता हुने भएको छ । स्थानीय सेभेन स्टार युथ क्लबको आयोजनामा बरहथवा नगरपालिका-२ को हजरिया खेलमा मैदानमा असोज २६ गतदेखि सुरु हुने प्रतियोगिता ३० असोजमा समापन हुनेछ ।
प्रतियोगितालाई बरहथवा नगरपालिकाले पनि सघाएको छ । प्रतियोगितामा नेपाल अधिराज्यभरका प्रतियोगी र समूहले भाग लिन सक्ने खेल संयोजक युवराज बस्नेतले जानकारी दिए ।
खेलाडीहरुको मनोबल बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएकाे उनको भनाइ छ ।
उनका अनुसार प्रतियोगितामा प्रथम हुनेले १ लाख ११ हजार ११ रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाण पत्र पाउनेछन् । यस्तै द्वितिय हुनेले ५५ हजार ५ सय ५५ नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।