Uncategorized

न्यूरोड पाकोमा पनि खुल्याे स्मार्ट टेलिकमकाे ‘स्मार्ट सेन्टर’

१५ असोज, काठमाडौं । स्मार्ट टेलिकमले काठमाडौंको न्यूरोडको पाकोमा आफ्नो नयाँ स्मार्ट सेन्टरको स्थापना गरेको छ । ग्राहकहरुको लागि सहज एवं सुविधा प्रदान गर्ने उद्देश्य सहित सोमबारदेखि पाकोमा स्मार्ट सेन्टर शुरु गरिएको कम्पनीले जानकारी दिएको छ ।

सुविधा सम्पन्न सेन्टरबाट आफ्ना सेवा तथा उत्पादनहरुको विस्तृत जानकारी सहजै प्रदान गर्नुका साथै ग्राहकहरुलाई आफ्नो ब्राण्ड एक्स्पेरियन्सको जीवन्त अनुभूति प्रदान गर्ने उद्देश्य रहेको कम्पनी बताउँछ । स्मार्ट टेलिकमका प्रमुख प्रशासन अधिकृत सजिन राजभण्डारीले नयाँ स्मार्ट सेन्टरको उद्घाटन गरे ।

उद्घाटनपछि बोल्दै राजभण्डारीले ग्राहकहरुलाई सहज पहँुच एवं कम्पनीको गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्य पाकोमा नयाँ सेन्टर स्थापना गरिएको बताए । स्मार्ट टेलिकमले हालै आफ्नो खुशीलाई डबल गर्नुहोस् भन्ने स्लोगनसहित ‘डबल योर हृयाप्पिनेस’ भन्ने योजना ल्याएको छ ।

यस योजना अन्तर्गत ग्राहकले ९९ रुपैयाँमा स्मार्टको सिमकार्ड खरिद गर्दा अर्को सिमकार्ड निःशुल्क प्राप्त गर्ने र दुबै सिममा १ जिबी डाटा पनि उपलब्ध हुने कम्पनी बताउँछ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *