Uncategorized

एउटा ट्वीटले २ अर्ब चट् !

अमेरिकी कार निर्माता कम्पनी टेस्ला इंकका सीईओ तथा चेयरम्यान एलन मस्क पदमुक्त हुने भएका छन् । साथै उनले भारी जरिवाना पनि तिर्नुपर्नेछ ।

कम्पनीलाई निजी बनाउने विषयमा गरेको ट्वीटलार्इ लिएर अमेरिकी अधिकारीहरुसँग उनले यस्तो खालको सम्झौता गरेका हुन् । बिहीबार अमेरिकाको सेक्यूरिटिज एन्ड एक्सचेन्ज कमिसन (एसईसी) ले ठगीको आरोपमा प्रख्यात व्यवसायी एलन मस्कमाथि मुद्दा चलाउने निर्णय लिएको थियो ।

उक्त निर्णयपछि भएको सम्झौताअनुसार मस्क टेस्लाको सीईओ त रहनेछन् तर तीन वर्ष अध्यक्ष बन्न सक्ने छैनन् । उनी र टेस्लाले २ करोड डलर (करिब दुई अर्ब रुपैयाँ) जरिवाना पनि तिर्नुपर्नेछ ।

अगष्टमा मस्कले ट्वीट गरेर भनेका थिए कि उनी विद्युतीय कार बनाउने आफ्नो कम्पनी टेस्लाको सेयर बजारबाट हटाएर निजी स्वामित्ववाला कम्पनी बनाउने कुरामा विचार गरिरहेका छन् । यसका लागि आफूले फन्डिङको प्रबन्ध गरिसकेको उनको भनाइ थियो ।

उनको यस्तो ट्विटपछि कम्पनीको सेयर मूल्य केही समयका लागि त बढ्यो, तर फेरि ओरालो लाग्यो ।

तर, सेक्यूरिटिज एन्ड एक्सचेन्ज कमिसनले यो दावी झूटो र भ्रामक भएको बताएको थियो । अब मस्लोले कुनै पनि प्रकारको ट्वीट गर्नु अगाडि कम्पनीको सञ्चार नियमहरु पालना गर्नुपर्ने छ ।

उनले ४५ दिनभित्र टेस्लाको अध्यक्ष पद छाड्नेछन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *