समाचार

महाकाली राजमार्ग अवरुद्ध

बैतडी– गएराति परेको पानीले सडक माथिबाट पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । बैतडीको सतबाँझ–कुलेश्वर सडकखण्डको डिलाशैनी गाउँपालिका–बगरमा पहिरो खस्दा राजमार्ग अवरुद्ध हुँदा छोटो तथा लामो दुरीका सवारीसाधन चल्न सकेका छैनन् । अवरुद्ध सडक खुलाउन पाटनबाट डोजर गइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले बताए । उक्त क्षेत्रमा बेलाबेलामा खसिरहने पहिरोले राजमार्ग अवरुद्ध हुँदै आएको छ ।  

राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *