समाचार

‘दि गिफ्ट’ बन्यो उत्कृष्ट स्क्रीप्ट

‘नेपाली सिनेमा स्त्रिmप्ट राइटिङ कम्पिटिसन-३’को विजेता सुनिल गुरुङ भएका छन् । उनले लेखेको ‘दि गिफ्ट’ नामक स्क्रीप्ट पहिलो भएको छ । माओबादी युद्धकालमा आर्मी बन्न चाहने युवक र नर्सिङ पेशा रोज्ने युवतीबीचको प्रेमकथामा तयार भएको यो स्क्रीप्टले उपाधिसँगै नगद तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।

गि्रन हिल्स इन्टरटेनमेन्ट र न्यू नेपाली सिनेमाले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै विजेतालाई पुरस्कार प्रदान गरेको छ । कार्यक्रममा निर्माता छविराज ओझा, माधव वाग्ले तथा आयोजक संस्थाका प्रमुख मनोज अधिकारीले विजेता रकम प्रदान गरेका थिए ।

अष्ट्रेलियामा बस्दै आएका निर्माता तथा निर्देशक मनोज अधिकारीको अगुवाईमा सन् २०१२ बाट सुरु भएको स्क्रीप्ट लेखन प्रतिस्पर्धाको तेश्रो संस्करणमा बिभिन्न माध्यमबाट प्रतिस्पर्धाका लागि १ सय ५० वटा स्क्रीप्ट प्राप्त भएकोमा उत्कृष्ट ३० छानीएको थियो । जसमध्येबाट सुनीलको ‘द गिफ्ट’ सहित रियाज नतकारको ‘मी र म’ र विपिन भुषालको ‘अड वान आउट’ उत्कृष्ट तीनमा परेका हुन् । ‘दि गिफ्ट’ चाडै नै दर्शकमाझ आउने मनोजले बताएका छन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *