Banner News

स्यार्पू महोत्वसवको लागि गासबास पक्का भयो

असोज १, रुकुम । असोज ११ देखि १५ गते सम्म स्यार्पूताल छेउमा हुने दोस्रो स्यार्पू पर्यटन महोत्सव आउने पाहुनाहरुले खाने खाना र बस्ने बासलाई व्यवस्थित गरिने भएको छ ।

बाँफिकोट गाउँपालिका ३ र ५ नम्वर वडामा फैलिएको तालको छेउमै हुने महोत्सवमा आउने पाहुनाको खाना र बासको दर समेत तोकिएको छ ।

महोत्सव मुल आयोजक समिति अन्तर्गत होटेल तथा आवास उपसमितिले खाना र बासको दर तोकेको हो । स्थानीय होटेल सञ्चालक तथा सर्वसाधारणस“गको छलफलपछि खाना तथा बासको दर कायम गरिएको महोत्सव मुल आयोजक समितिका सचिव चन्द्रबहादुर केसीले जानकारी दिनुभयो ।

बास तथा खानामा एकरुपता कायम गर्ने होटेल सञ्चालक तथा स्थानीयकै सल्लाहमा बास तथा खानको दर तोकिएको सचिव केसीले बताउनुभयो ।

महोत्सव अवधिभर स्यार्पूताल आसपासका होटेल तथा होम स्टे वा स्थानीय घरमा बस्नेहरुले खसीको एक प्लेट मासु सहितको एक छाक खानाको दुई सय २०, लोकल कुखुराको मासु सहितको छाकको दुई सय ३० रुपैया“ दर कायम गरिएको छ ।

यसैगरी ब्रोइलर कुखुराको एक प्लेट मासु सहित एक छाकको दुई सय र सादा खाना प्रति छाकको एक सय २० रुपैया“ कायम गरिएको छ । पाहुनाहरुलाई सकेसम्म स्थानीय उत्पादन खुवाउन महोत्सव मुल आयोजक समितिले आग्रह गरेको छ ।

उक्त क्षेत्रमा बस्ने पाहुनाले प्रति बेडको प्रति रात एक सय रुपैया“ तिनुपर्ने छ भने धेरै जना संगै बसेपछि एउटा कोठाको २ सय ५० रुपैया“ कायम गरिएको छ ।

स्यार्पूताल वरीपरी तथा आसपासका गाउ“को सरसफाई तथा महोत्सव सफल बनाउन असोज ४ गते अन्तरक्रिया समेत आयोजना गरिएको छ । स्यार्पूताल आसपासका सबै गाउ“बासीस“ग महोत्सव सफल बनाउन के भूमिका निर्वाह गर्ने भन्ने विषयमा अन्तरक्रिया गरिने महोत्सव मुल आयोजक समितिका सचिव केसीले बताउनुभयो ।

‘जल,जंगल, जडिबुटी, कृषि, कला, सस्कृति हाम्रा उत्सव, बा“फिकोट समृद्धिका लागि दोस्रो स्यार्पू पर्यटन महोत्सव’ भन्ने नारा सहित महोत्सव आयोजना गरिएको छ ।

Source link

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *