Uncategorized

डा. केसीको स्वास्थ्य अवस्था सुधारोन्मुख

३ मंसिर, काठमाडौ । छातीमा गम्भीर समस्या भएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको छ । डा. रत्नमान गजुरेल र डा. पारसको टीमले उनको उपचारमा संलग्न छन् । सोमबार बिहान करिब ४ बजे छातीमा तीव्र दुखाई महसुस भएपछि डा. केसीलाई त्रि. वि शिक्षण अस्पताल परिसरमै रहेको […]

Uncategorized

के सन्तुलित मात्रामा मदिरा पिउँदा स्वास्थ्यलाई लाभ मिल्छ ?

अक्सर मदिरा पिउनेहरुको अनेक वाहाना हुन्छन् । उनीहरु भन्छन्, ‘सन्तुलित मात्रामा पिउने हो भने यसले औषधीको काम गर्छ ।’ सन्तुलित भनेको कति ? शरीरमा मदिराले कसरी राम्रो प्रभाव पार्छ ? के यो सत्य हो ? यावत् जिज्ञासाबारे हिन्दी विविसी अनलाईनमा एक आलेख प्रकाशित छ । त्यसैको भावनुवाद यहाँ प्रस्तुत गरिएको छ । मदिरा र स्वास्थ्यको […]

Uncategorized

केपी ओलीको भवितव्यः के सोचे पैले, के भयो ऐले ?

यो पंक्तिकारले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि टिप्पणी नलेखेको धेरै भएछ । शायद यही भएर होला, एकजना शुभचिन्तक, पाठकले सोमबार टि्वटरमा मेन्सन गरे – ‘अर्को लेख लेख्ने बेला भएछ त, यै सन्दर्भमा ।’ टि्वटरमा मेन्सन गरिएको सन्दर्भ ०७१ साल माघ १२ गते अनलाइनखबरमा प्रकाशित ‘हार्डलाइनर’को खोजीः तुलसी गिरीदेखि केपी ओलीसम्म शीर्षकको लेखमाथि हो । संविधान बन्नु र […]

Uncategorized

धोवी खोला किनारमा भेटियो युवकको शव

३ मंसिर, काठमाडौं । काठमाडौंको चाबहिलस्थित धोवी खोला किनारमा एक व्यक्तिको शव फेला परेको छ । यद्यपि, हालसम्म सनाखत हुन सकेको छैन । सोमबार अपरान्ह शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन् । हाल काठमाडौं प्रहरी परिसर, टेकुको टोली घटनास्थलमा पुगेको छ । खोला किनारमा घोप्टो परिरहेको अवस्थामा भेटिएको शवमा कुनै चोटपटक छैन । यद्यपि, […]

Uncategorized

फ्रेण्ड्सका प्रशिक्षक भन्छन्- राम्रो खेल्यौं तर अन्तम मिनेटमा चुक्यौं

३ मंसिर, काठमाडौं । विभागीय टिम एपीएफ क्लबले अन्तिम समयमा प्रविन स्याङ्तानको गोलबाट फ्रेन्ड्स क्लबलाई हराउन सफल भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा फ्रेन्ड्स क्लबलाई पराजित गरेपछि प्रशिक्षक राजेन्द्र तामाङले मिड्फिल्डले राम्रो बल निकालेपनि स्ट्राइकर लाइन चुकेको स्वीकारेका छन् । उनले आफ्नो खेलाडीले राम्रो प्रदर्शन गरेपछि गोलको लागि अन्तिम समयसम्म […]

Uncategorized

बीबीसीको प्रेरणादायी १०० महिलाको सूचीमा उमा बादी

३ मंसिर, काठमाडौं । बीबीसीको १०० प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा उमा बादी पनि परेकी छन् । ५४ वर्षीया बादी सुदूरपश्चिम प्रदेशमा कांग्रेसबाट प्रदेशसभा सांसद बनेकी छन् । बादी समुदायलाई अछुत मानिने धारणामा परिर्वतन ल्याउन काम गरेकाले उनलाई यो सूचीमा राखिएको बीबीसीले जनाएको छ । उनकै नेतृत्वमा २०६४ सालमा २३ जिल्लाका करिब ५ सय वादी […]

Uncategorized

विद्युत् चुहावट गर्ने मिललाई दुई लाख जरिवाना

३ मङ्सिर, लहान । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, नले विद्युत् चुहावट गलहारी राइस मिल सञ्चालन गर्ने एक राइस मिलका सञ्चालकसँग करिब दुई लाख जरिवाना गरेको छ । प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख विष्णुप्रसाद यादवको नेतृत्वमा खटिएको टोलीले विद्युत् मिटरमा प्वाल पारी विद्युत् चुहावट गरेको भन्दै सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ भौरस्थित फुलेश्वर राइस मिलका सञ्चालक फुलेश्वर यादवसँग […]

Uncategorized

जडिबुटीबाट रिभल्वरसहित २ जना समातिए

३ मंसिर, काठमाडौं । महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरले एउटा घरेलु रिभल्वरसहित दुर्इ जनालार्इ पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका-३ का २७ वर्षीय भुवन परियार र २७ वर्षीय मनपरन चौधरी छन् । उनीहरू जडिबुटी ढुङ्गेधारामा बस्दै अाएका थिए । वृत्तका अनुसार उनीहरूलार्इ रिभल्वरसहित नियन्त्रित लागूऔषध नाईट्राभेट ५६ एम्पुल र मोबाईल २ थानसहित पक्राउ गरिएको हो । त्यहाँ […]

Uncategorized

विद्यार्थीलाई कोचिङ पढाउन प्रदेश सांसदले छुट्याए १० लाख

३ मंसिर, सप्तरी । सप्तरीबाट निर्वाचित एक प्रदेश सांसदले संसदीय कोषको रकम शिक्षाका लागि छुट्याएका छन् । उनले १० कक्षाका विद्यार्थीलाई कोचिङ पढाउन १० लाख रुपैयाँ दिने भएका छन् । सप्तरी क्षेत्र नम्बर ३ क बाट निर्वाचित मो. समीमले शिक्षाको जग बलियो बनाउनुपर्ने भन्दै यस्तो कदम चालेका हुन् । नेपाली कांग्रेसबाट निर्वाचित भएका उनले चालू […]

Uncategorized

जुगल हिमाल आरोहण खुला गर्न मन्त्रिपरिषद बैठकमा प्रस्ताव लगिने

३ मंसिर, सिन्धुपाल्चोक । अहिलेसम्म ‘भर्जिन’ हिमालको रुपमा रहेको सिन्धुपाल्चोकको जुगल हिमालमा आरोहण खुला गर्न मन्त्रिपरिषदको आगामी बैठकमा प्रस्ताव लगिने भएको छ । सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सासंद एव पूर्वमन्त्री अग्निप्रसाद सापकोटा र संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्री रबिन्द्र अधिकारी बीच सोमबार भएको भेटमा यस्तो सहमति भउको हो । जुगल हिमालमा आरोहण […]