Uncategorized

उपराष्ट्रपति पुनले बहिनीहरुसँग लगाए टीका

२३ कात्तिक, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले भाइटीका लगाएका छन् । उनले शुक्रबार बिहान ११ः५५ बजे उपराष्ट्रपति निवास कपुरधारामा भाइटीका लगाएका हुन् ।

आफ्नो एकमात्र दिदी गृहजिल्ला रोल्पामा रहेकाले उपराष्ट्रपतिले नजिकका बहिनीहरुसँग भाइटीका लगाए ।

उपराष्ट्रपति पुनलाई चन्द्रमाया पुन, शोभा पुन, विमला पुन र शशी लामाले भाइटीका लगाइदिएको उनका प्रेस सल्लाहकार मनोज घर्तीमगरले जानकारी दिए ।

भाइटीका लगाइसकेपछि उपराष्ट्रपति पुन निवासमै खानपिन गरेर रमाइलो गरिरहेका छन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *