Uncategorized

कांग्रेसमा पौडेल पक्षधर नेताले गरे छुट्टै भेला

१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको अघिल्लो दिन नेता रामचन्द्र पौडेल पक्षधर नेताहरुको छुट्टै भेला भएको छ ।

पौडेल निवास  बोहराटारमा भएको भेलामा नेताहरू कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, दिलेन्द्रप्रसाद बडू, गगन थापालगायत नेताहरुको सहभागी थिए । बैठकमा नेता कृष्णप्रसाद सिटौला भने सहभागी भएनन् । उनी आफ्ना भाञ्जा बिरामी भएका कारण झापा गएको बताइएको छ ।

मंगलबार बस्ने केन्द्रीय कार्यसमिति बैठकअघि उनीहरु आफ्नो धारणा तय गर्न छुट्टै भेला गरेका हुन् । कांग्रेस बैठकमा महासमिति बैठकको मितिबारे छलफल हुँदैछ । त्यस्तै विधान संशोधन मस्यौदाबारे पनि छलफल हुनेछ ।

भेलामा सहभागी एक नेताका अनुसार बैठकमा छलफलमा उठेका विषयहरु, बिधान संसोधनमा आउनसक्नेछ । मस्यौदामा केन्द्रीय पदाधिकारी बढाउने/नबढाउने, संगठन संरचना कस्तो बनाउने, निर्वाचन पद्धति के हुने भन्ने विषयमा छलफल भएको एक नेताले बताए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *