-बिष्णु कुमार आले अर्घाखाँची । चितुवाको आक्रमणबाट मर्नेहरूको संख्या अर्घाखाँचीमा १५ पुगेको छ ।चितुवाको आक्रमणबाट अहिले साँझ अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका–९ ढिकुरा पेँहाले निवासी माधव प्रसाद घिमिरेको ४ बर्षिय छोरा आरएन घिमिरेको मृत्यु भएको हो । अहिले बेलुकी ५ बजेतिर आफ्नै घर आमाको काखमा रहेको बखत चितुवाले आक्रमण गरि गम्भीर घाइते बनाएकोमा निजको जिल्ला अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको अस्पतालले जनाएको छ । चितुवाले बालकको घेंत्रामा आक्रमण गरि बारीमा फालेको थियो ।
राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्



