Uncategorized

नेपाल-कतार व्यवसायी भेटः नेपालमा निर्धक्क भएर लगानी गर्न आग्रह

१४ कात्तिक, काठमाडौं । कतारको दोहामा नेपाल र कतारका व्यवसायीहरुको उच्चस्तरीय भेटवार्ता भएको छ ।

कतार भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भएको भेटवार्तामा नेपालमा लागानीको वातावरण लगायतका विषयमा छलफल भएको छ ।

काय्रक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले कतारी लगानीकताहरूलाई नेपालमा निर्धक्क भएर लगानी गर्न आग्रह गरिन् ।

दुवै देशका उद्यमी व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको भेटवार्तामा अध्यक्ष राणाले बदलिँदो प्रतिस्पर्धी विश्व व्यापारको वातावरणमा नेपालमा लगानी विस्तार गर्न कतारलाई आग्रह गरेकी थिइन् ।

लामो राजनीतिक अस्थिरता पश्चात नेपालमा पूर्णरूपमा राजनीतिक स्थिरता कायम भएको भन्दै अध्यक्ष राणाले लगानीको वातावरण बनेको प्रस्ट पारिन् ।

साथै उनले महासंघले पी-टु-पी अवधारणामार्फत आर्थिक विकास र आत्मनिर्भर अर्थतन्त्रको विकासमा जोड दिँदै आएको जानकारी गराएकी छन् ।

चार लाख भन्दा बढी नेपालीहरूले कतारमा काम गरेर ठूलो मात्रामा रेमिट्यान्स पठाइ नेपाली अर्थतन्त्रमा सहयोग पुर्‍याइरहेको उल्लेख गर्दै उनले तुलनात्मक रूपमा सस्तो श्रम शक्तिमा अन्य थुप्रै क्षेत्रहरूमा नेपालमा संयुक्त लगानी गरी लाभ उठाउन सकिने बताइन् ।

राष्ट्रपति भिण्डारीको ४ दिने भ्रमणमा महासंघका अध्यक्ष राणाको नेतृत्वमा उपाध्यक्ष चन्द्रप्रसाद ढकालसहितको उद्योगी व्यवसायीको टोली दोहामा छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *