Uncategorized

ट्याक्टर दुर्घटनामा परी दुर्इजनाको मृत्यु

१२ कात्तिक, काठमाडौं । सिन्धुली र मनाङमा सोमबार ट्याक्टर दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

सिन्धुली गोलन्जोर गाउँपालिका३ ग्वालटार बजारस्थित मध्य पहाडी लोकमार्गमा ना६त ४७६४ नम्बरको ट्याक्टरका सह-चालक सोही गाउँपालिका-४ का १७ वर्षीय मनिषराक्से ठकुरी ट्याक्टरबाट खस्दा घटनास्थलमै मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै, मनाङ नासो गाउँपालिका-९ एक्लेभट्टीस्थित सडकमा ग१त ५६०६ नम्बरको ट्याक्टरमा सवार हाल नाम र ठेगाना नखुलेका करिब ४५ वर्षीय पुरूषको पनि ट्याक्टरबाट खसेर मृत्यु भएको छ । ट्याक्टरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *