Uncategorized

मनकामना केवलकारले थप्यो ३ वटा गण्डोला

१२ कात्तिक, मनकामना । मनकामना केबलकारले ३ वटा गण्डोला (यात्रु बोक्ने डिब्बा) थप गरेको छ । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले उक्त डिब्बाको उद्घाटन गरेका हुन् ।

मन्त्री अधिकारीले सातै प्रदेशमा एक एक वटा केवलकार सञ्चालन गर्न सकेमा पर्यटकीय गन्तव्य विस्तार हुने बताएका छन् । उनले केवलकारजस्ता साधनले पर्यटकीय गन्तव्यलाई नजिक ल्याइदिने पनि बताए ।  भूकम्पले क्षति पुर्‍याएका सम्पदा धमाधम पुनर्निर्माण भइरहेको जानकारी दिँदै उनले ती सम्पदामा पर्यटकीय आवागमनमा कुनै अवरोध नरहेको पनि बताए ।

मनकामनासहित वरपरका क्षेत्रको विकास गरी फराकिलो गन्तव्य बनाउन मन्त्रालयले भूमिका खेल्ने पनि उनले बताए । आन्तरिक र वाह्य पर्यटकलाई दिने सेवामा विभेद नगर्न  उनले पर्यटन व्यवसायीलाई आग्रह गरेका छन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *