Uncategorized

श्रीलंकाका पूर्वराष्ट्रपति राजपाक्ष प्रधानमन्त्रीमा नियुक्त

१० कात्तिक, काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति महिन्दा राजपाक्षे प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले पूर्वराष्ट्रपति राजपाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

यसअघि प्रधानमन्त्री पदमा रानिल विक्रमासिंघे थिए । श्रीलंकाको नाटकीय घटनाक्रमबाट संवैधानिक संकट सिर्जना भएको बीबीसीले लेखेको छ ।

विक्रमसिंघेले संसदमा आफ्नो बहुमत रहेको र बहुमत रहुन्जेल आफू नै प्रधानमन्त्री रहिरहने बताएका छन् ।

सरकार प्रवक्ता रजिताले सेनारत्नेले पनि बीबीसीसँग कुरा गर्दै रानिल विक्रमासिंघे नै प्रधानमन्त्री भएको बताएका छन् ।

पछिल्लो केही हप्ता श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्रीबीच सरकार चलाउने विषयमा रस्साकस्सी चलिरहेको थियो ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *