Uncategorized

हिरासतको रड काटेर दुई थुनुवा फरार

९ कात्तिक, विराटनगर । विराटनरगमा प्रहरी हिरसतबाट दुई जना थुनुवा भागेका छन् ।

इलाका प्रहरी कार्यालय रानीको हिरासतबाट थुनुवाहरु मोहमद आतिफ हुसैन र मोहम्मद आरिफ भागेका हुन् । उनीहरु विराटनगर १७ का मोहम्मद अस्थाकका हत्याको अनुसन्धानका क्रममा पक्राउ परेका थिए ।

प्रहरीका अनुसार उनीहरु हिरासतको रड काटेर फरार भएका हुन् । हिरासतको पछाडिपट्टि झ्यालको ६ वटा रड काटेर थुनुवाहरु भागेका हुन् ।

घटनाको अनुसन्धान भइरहेको र फरारहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।  प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार घटना विहीबार राति १ देखि ३ बजेका बीचमा भएकाे हो ।

उक्त समयमा ड्युटीमा रहेका ७ जना प्रहरीमाथि छानबिन सुरु गरिएको उनले जानकारी दिए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *