Uncategorized

भ्रष्टाचार मुद्दाका फरार अभियुक्त खड्का पक्राउ

८ कात्तिक, काठमाडौं । करोड बढी भ्रष्टाचार गरी फरा रहेका एक एकजना फरार अभियुक्तलाई केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)ले पक्राउ गरेको छ ।

भ्रष्टाचार मुद्दामा तत्कालीन पुनरावेदन अदालत पाटनबाट ०५७ साल कात्तिक २१ गते एक करोड २३ लाख ५३ हजार ८८० रुपैयाँ ८० पैसा जरिवाना र एक वर्ष कैद सजाय फैसला गरेका ललितपुरका धापाखेलका ४९ वर्षे रामकुमार खड्कालाई पक्राउ गरेको हो ।

खड्कालाई धापाखेलबाटै पक्राउ गरी अदालतको फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको सीआईबीले जानकारी दिएको छ ।

अदालतले कैद भुक्तानका लागि खड्कालाई बिहीबार नै डिल्लीबजार कारागार चलान गरिसकेको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *