Uncategorized

बैंकमा तरलता अभावको संकेत, राष्ट्र बैंक भन्छ- सम्झाउछौं

७ कात्तिक, काठमाडौं । वाणिज्य बैंकहरुमा लगानी योग्य रकम (तरलता) अभावको संकेत देखिएको छ । दशैं अगाडि कर्जा लगानीमा आक्रामक बनेका बैंकहरुमा दशैं सकिएलगत्तै तरलता अभाव हुने संकेत देखिएको थियो ।

बैंकहरुले निक्षेप ठूलो परिमाणमा दशैं अगाडि कर्जा लगानी गरेका थिए । त्यसको प्रभाव स्वरुप बैंकहरुमा तरलता अभाव हुने प्रष्ट संकेत देखिएको हो । बैंक तथा वित्तीय संस्थाहरुमा अहिले नै तरलता अभाव नभएको भए पनि केही समयमै तरलता अभाव हुने एक बैंकरले बताए ।

ति बैंकरले भने, ‘अहिले अभाव नै भइसक्यो भन्न मिल्दैन, तिहारअघि राम्रोसँग निक्षेप संकलन हुन सकेन भने तिहारपछि तरलता अभाव सिर्जना हुनेछ ।’

तरलता अभाव हुन सक्ने स्पष्ट संकेत देखिएको नेपाल राष्ट्र बैंक श्रोतको समेत दावी छ । राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले अहिले आधा दर्जन वाणिज्य बैंकको सीसीडी रेसियो (कर्जा तथा निक्षेप बीचको अनुपात) ८० प्रतिशत नाघिसकेको बताए ।

उनले भने, ‘मैले अस्ति मात्रै हेरेको थिएँ ६-७ वटा बैंकको सीसीडी रेसियो ८० प्रतिशत पुगिसकेको छ, अब अहिले नै हामीले एक्सन लिने भन्दा पनि फोन गरेर सम्झाउछौं ।’

केही बैंकको सीसीडी रेसियो ८० प्रतिशत पुगे पनि औसतमा भने कम नै रहेकाले अहिले नै राष्ट्र बैंकले एक्सन नलिने उनले प्रष्ट पारे । राष्ट्र बैंकले सीसीडी रेसियो ८० प्रतिशतभन्दा बढी हुन नहुने मापदण्ड तोकेको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *