हिन्दु धर्मावलम्बीहरुको महान पर्व बडादशैँको माहोल देशभरी छ । आफ्नो रितिरिवाज अनुसार दशैं धुमधामका साथ् मनाउ तर एउटा कुरा याद राखौ । दशैँको नाममा हुने बलि प्रथाको प्रचारप्रसार नगरौ ।
यस्तै बिषयमा सामाजसेवी तथा लेखक साहित्यकार जे. सागरले भनेको एउटा कुरालाई आत्मसात गरौ । हेर्नुहोस उनको सचेतना जगाउने सान्दर्भिक भनाई जस्ताको त्यस्तै…
एउटा कुरा भनौं ?
म कुनै डलरे कृष्चियन पनि हैन , म कुनै सनातन हिन्दु धर्म विरोधी पनि हैन, म आफू मासु नखाने र खानेलाई घृणा गर्ने मान्छे पनि हैन (म पनि मांसहारी हुँ) ।
आफ्नो रितिरिवाज, चाडपर्व, कुल परम्परा प्रति मलाई पनि उत्तिकै सम्मान र गर्व छ । तर यसो भन्दैमा निहत्था पशु बलि गरेको भिडियो, मारकाट गरेको विभत्स फोटो नराखिदिनुस् न प्लिज ।
तपाईं पराक्रमी भएर कुनै जंगलको सिंहलाई मार्नुभएको हैन आफ्नै गोठमा दाम्लोले बाँधेको निरीह पशुलाई मार्नुभएको हो ।
दशैंमा खसी बोका/राँगा/कुखुरा तपाईंकोमा मात्र काट्ने हैन, अरुको घरमा पनि काटिन्छन् । मासु तपाईंले मात्रै खाएको हैन अरुले पनि खान्छन् ।
यसलाई त्यत्रो गर्व गरेर प्रदर्शन गरिराख्नु पर्छ र ? हत्या हिंसाको प्रदर्शनी खुसी व्यक्त गर्ने माध्यम बन्छ र ?
कृपया यो विरोध हैन अनुरोध हो !
जनचेतनाका लागि शेयर गरौ ।