Uncategorized

लडेर मजदूरको मृत्यु

२९ असोज, काठमाडौं । सिरहाको नरहा गाउँपालिका–२ स्थित हिमालय सुगर मिलको दुई तला माथिबाट लडेर आइतबार साँझ एक मजदूरको मृत्यु भएको छ ।

चिनी मिलमा काम गर्ने क्रममा छतबाट लडेर सिरहाकै कल्याणपुर नगरपालिका–११ निवासी २३ वर्षीय महेश महराको मृत्यु भएको हो । लडेर गम्भीर घाइते भएका महरालाई उपचारको लागि कर्जन्हास्थित मेमोरियल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *