Uncategorized

ए डिभिजन लिगमा पुलिसको विजयी सुरुअात, जावलाखेल १-० ले पराजित

२५ असोज, काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लबले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विजयी सुरुअात गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा पुलिसले जावलाखेल युथ क्लबविरुद्ध १-० गोलअन्तरले पराजित गरेको हो । पुलिसको जितमा अजिज भण्डारीले गोल गरे ।

खेलको २०औं सन्तोष हेमरुनले प्रहार गरेको बल जावलाखेलका गोलकिपरले उत्कृष्ट बचाउ गरेपछि पुलिसले अग्रता बनाउनबाट चुकेको थियो । खेलको ३१औं मिनेटमा अजिज भण्डारीले गोल गर्दै विभागीय टिम पुलिसलाई अग्रता दिलाए । उनले तेज तामाङको पासमा गोल गरेका थिए ।

पहिलो हाफमा १-० गोलले अघि रहेको पुलिसले दोस्रो हाफमा पनि आफ्नो अग्रतालाई कायमै राख्न सक्यो । खेलको ६६ औं मिनेटमा जावलाखेलका राकेश हमालले कर्नरबाट आएको बललाई हेडबाट गोल गर्ने प्रयास गरेका थिए । तर, उनले प्रहार गरेको बल पुलिसका किपरले बचाएका थिए ।

खेलको ७०औं मिनेटमा सुमन लामाले प्रहार गरेको बल किपरले जावलाखेलका किपरले बचाएका थिए । खेलको ७५औं मिनेटमा प्रज्जल थापामगरले गोल गर्ने राम्रो अवसर पाएको थियो । तर, उनले प्रहार गरेको बल गोलकिपरले बचाएपछि जावलाखेलले बराबरी बनाउन बाट चुकेको थियो । जावलाखेलमाथि १-० गोलको जित निकाल्दै पुलिसले महत्वपूर्ण तीन अंक बटुलेको छ ।

यसअघि आजै भएको पहिलो खेलमा थ्री स्टार क्लबले फ्रेन्ड्स क्लबलाई २-१ गोलअन्तरले पराजित गरेको थियो ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *