Uncategorized

माटोको ढिस्कोले पुरिएर चार बालिका घाइते  

२५ असोज, महोत्तरी ।  महोत्तरीको औरही नगरपालिका-३ मा माटोको ढिस्कोले पुरिएर चार बालिका गम्भीर घाइते भएका छन् ।

घाइते मध्ये एकको अवस्था गम्भीर रहेको छ ।  औरही नगरपालिका ३ श्रीपुरका १० वर्षकी मन्तोरिया साह लाइ थप उपचारको लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ ।

औरही नगरपालिका ३ स्थित जगाह खोलामा माटो लिन गएका बालिकाहरुलार्इ बिहान १० बजे माटोको ढिस्कोले पुरेको हो । पुरिए लगत्तै स्थानीयले उद्दार गरेका थिए ।

यस्तै अन्य घाइते हुनेहरुमा औरही नगरपालिका ३ श्रीपुरका  ६ वर्षकी रीता महतो,  १२ वर्षकी काजल यादव र ८ वर्षकी वसन्ती यादव रहेको स्थानीय प्रेम यदुबंशीले जानकारी दिए ।

तीनैजना बालिकाको औरही बजारको एक क्लिनिकमा उपचार भइरहेको छ । वडादशै, दिपावली र छठ पर्वको लागि स्थानीयहरु जोखिम मोलेर माटो निकाल्न गहिरो खाल्डाखुल्डीमा पस्ने गरेका छन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *