Uncategorized

संसदीय समिति स्वायत्त छन्, सरकारलाई निर्देशन दिन सक्छन्ः सभामुख

१९ असोज, काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सरकारलाई आवश्यक निर्देशन दिने काम संसदीय समितिको स्वायत्त अधिकार भएको बताएका छन् । सञ्चारमन्त्री गोकुल बास्कोटाले विकास समिति  बैठकको निर्णय प्रक्रियामा हस्तक्षेप गरेको प्रसंगमा बोल्दै महराले सो धारणा राखेका हुन् ।

दाङ–काठमाडौं पत्रकार समाजले दशैं, तिहार र छठ पर्वको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा महराले विकास समितिको निर्णय प्रक्रियामा सञ्चारमन्त्री बास्कोटाले हस्तक्षेप गरेको जानकारी भने आफूलाई नभएको दाबी गरे ।

‘सञ्चारमन्त्रीले संसदीय समितिमा हस्तक्षेप गरेको बारेमा मलाई विस्तृत जानकारी छैन’, उनले भने, ‘समितिको बैठकभित्र भएको सामान्य छलफलको विषयलाई बाहिर अर्कै रुपमा ल्याइएको पनि हुन सक्छ ।’






यो पनि पढ्नुहोस
मन्त्री भर्सेस संसदीय समिति : कार्यपालिका र व्यवस्थापिकाबीच शक्तिसंघर्ष चर्कियो

उनले संसदीय समितिका सभापतिहरुको आलोचना नगर्न पनि पत्रकारहरुलाई आग्रह गरे । यसअघि राज्य व्यवस्था समितिको बैठकमा पत्रकारहरुलाई प्रवेश निषेध गरेको विषयमा सभामुख महराले कामै सुरु नभएकाले आलोचना गर्ने बेला नभएको बताए ।

समितिका सभापतिहरु भर्खरै निर्वाचित भएर काम सुरु गरेको बताउँदै महराले भने, ‘भरखरै समितिहरूले पूर्णता पाएका छन् । सभापतिहरूले काम गर्न थाल्नुभएको छ । यसलाई सकारात्मक रुपमा लिनुपर्छ । कामै नभई आलोचना गर्नु ठीक होइन ।’

समितिले गृह र रक्षा मन्त्रालयको संवेदनशील विषयमा पत्रकारहरुलाई निषेध गरेर छलफल गर्न सक्ने प्रावधान रहेको उनले स्मरण गराए । तर आम रुपमा भने पत्रकारहरुलाई कुनै पनि समितिले निषेध नगरेको र निषेध गर्ने नीति पनि नरहेको सभामुख महराले स्पष्ट पारे ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *