१२ असोज, सप्तरी । सिरहा प्रहरीले हतियार देखाएर लुटपाट गर्ने एक भारतीय नागरिकसहित सात जनालाई पक्रेको छ । उनीहरु हतियारसहित पक्राउ परेका हुन् ।
पक्राउ परेका ७ जनालाई जिल्ला प्रहरी कार्यालय सिरहाले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
पक्राउ परेकाहरु हतियार देखाएर अर्नामा गाउँपालिकास्थित सिर्जना सामुदायिक सहकारी संस्थाका कर्मचारीसँग रकम लुटपाट गर्नेहरु रहेको सिरहाका प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठले बताए ।
पक्राउ पर्नेमा धनुषाको बिदेह नगरपालिका १ निवासी २० वर्षीय नरेशकुमार ठाकुर, १९ वर्षीय रविन्ऽ ठाकुर, सिरहाको ठाडी झिझाका निवासी श्यामसुन्दर ठाकुर, धनुषाको कमला नगरपालिका ६ हतमुण्डाका १९ वर्षीया रमेशकुमार महतो, कमला नगरपालिका ८ हरिणे निवासी २७ वर्षीय शत्रुद्यन ठाकुर, धनुषाकै तारापट्टी गाउँपालिका १ पूर्वारी टोल निवासी २२ वर्षीय चन्ऽशेखर यादव र भारतको मधुवनी जिल्ला ग्राम पञ्चायत छतौना २ निवासी २७ वर्षीय किशोर कुमार शर्मा रहेका छन् ।
प्रहरी उपरीक्षक श्रेष्ठले उनीहरुलाई बिभिन्न ठाउँबाट नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेकाहरुसँगको साथबाट ‘मेड इन यूएस एन. ७१०’ लेखिएको पेस्तोल १ थान, त्यसको म्यागजिन १ थान, ‘मेड इन इटाली’ लेखिएको स्वचालित पेस्तोल १ थान, म्यागजिन १ थान, पेस्तोलमा लाग्ने गोली १३ राउण्ड, सामसुङ मोबाइल एक थान, ६ हजार १५० नेपाली रुपैयाँ, विभिन्न कम्पनीको सिमकार्ड ५ थान, चन्ऽशेखर यादवको भारतीय सवारी चालक अनुमति पत्र, लुटिएको नेपाली नम्बर प्लेटसहिको बीआर ३२ ए ९३७३ नम्बर प्लेटको मोटरसाइकल २ वटा बरामद भएको प्रहरीले जनाएको छ ।
गत भदौं २८ गते सिरहाको अर्नामा गाउँपालिकाबाट किस्ता रकम संकलन गरी सदरमुकाम सिरहातर्फ आउँदै गरेका बेला सिरहा नगरपालिका-२२ सागरपुरस्थित मैनावती नदी नजिकै सिर्जना सामुदायिक सहकारी संस्थाका दुई जना कर्मचारीलाई हतियार देखाएर तीन लाख ९३ हजारसहित मोटरसाइकल लुटपाट भएको थियो ।



