११ असोज, मोरङ । उच्च अदालत, बिराटनगरले ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका पूर्वडिआईजी गोविन्दप्रसाद निरौलालाई छाड्न आदेश दिएको छ ।
बिहीबार उच्च अदालतले उनलाई साधारण तारेखमा छाड्ने आदेश दिएको हो ।
निरौलाले २९ चैत ०७४ मा अवकाश पाएका थिए । उनले विमानस्थल प्रहरी प्रमुख रहेका वेला निरन्तर सुन तस्करी गर्ने गिरोहसँग सम्पर्क गरेको दाबी गरिएको थियो ।