Uncategorized

सुनसरीमा गोली हानी १ जनाको हत्या

५ मंसिर, विराटनगर । सुनसरीको दुहबीमा १ व्यक्तिको गोली हानी हत्या भएको छ ।

अज्ञात समूहले स्थानीय बाबा इँटा उद्योगका म्यानेजर फिदा हुसेनको बुधबार बिहान दुहबी–९ नहर क्षेत्रमा गोली हानी हत्या गरेको हो ।

सुनसरीका एसपी राजन अधिकारीले मोटरसाइकलमा आएका अज्ञात समूहले हानेको गोली लागी हुसेन घाइते भएको र न्यूरो अस्पताल विराटनगरमा उपचारका मृत्यु भएको जानकारी दिए ।

मर्निङवाकमा निस्किएका हुसेनमाथि कसले र किन गोली हान्यो भन्ने खुलेको छैन । प्रहरीले घटनाबारे जानकारी पाएलगत्तै यसमाथि अनुसन्धान शुरु गरेको जनाएको छ ।

‘हुसेनमाथि कसले र किन गोली हान्यो भन्ने खुलेको छैन’, एसपी अधिकारीले भने, ‘यसबारे हामीले अनुसन्धान गरिरहेका छौं ।’

एसपी अधिकारीका अनुसार हुसेनको शव अहिले उनकै निवासमा राखिएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *