Uncategorized

एउटा मन्त्रालयले काम गर्न खोज्दा अर्काे मन्त्रालयबाट बाधाः मुख्यमन्त्री भट्ट

२ मंसिर, कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बिरोध गर्ने प्रबृत्तिका कारण सरकारले बनाएका योजनाहरु कार्यान्वयन हुन नसकेको बताएका छन् । एउटा मन्त्रालयले योजना बनाएर काम गर्न खोज्दा त्यसमा अर्को मन्त्रालयबाट बाधा आउने गरेको मुख्यमन्त्री भट्टले सुनाए ।

राम्रो कामका लागि बनाइएका दीर्घकालीन योजनाको समेत बिरोध हुने गरेको भन्दै उनले योजना कार्यान्वयनमा समस्या हुने गरेको टिप्पणी गरे ।

आइतबार राष्ट्रिय योजना आयोगले आयोजना गरेको दिगो विकास लक्ष्यमैत्री योजना, अनुगमन, मूल्याङकन तथा तथ्यांक’ विषयक प्रदेशस्तरीय क्षमता विकास कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले कार्यान्वयन फितलो हुँदा योजना अलपत्र पर्ने गरेको बताए ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले बिगतका दिनमा सरकारले सुदूरपश्चिमलाई बिभिन्न योजनाबाट बञ्चित गरेकाले पछि परेको गुनासो गरे ।

सुदूरपश्चिम प्रदेश बिभिन्न सम्भावना बोकेको प्रदेश भएपनि श्रोतसाधनको सदुपयोगका लागि कसैले पहल नगर्दा यस क्षेत्रको बिकास हुन नसकेको मन्त्री बोहराले बताए ।

मानव विकास सूचाकंमा कमजोर अवस्थामा रहेको सुदूरपश्चिममा ८७ प्रतिशत जनसङ्ख्या कृषिमा आधारित छ ।

७ वटै प्रदेशमा सबैभन्दा बढी सम्भावना बोकेको प्रदेश सुदूरपश्चिमनै भएपनि यस प्रदेशका लागि धेरै काम गर्नुपर्ने भएकाले प्रदेश सरकारले निस्वार्थ रुपमा काम गरे आर्थिक सम्वृद्धि सम्भव हुने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर पुष्पराज कंडेलले बताए ।

सुदूरपश्चिममा आजदेखि सुरु भएको प्रदेश स्तरीय क्षमता विकास कार्यक्रम ३ दिनसम्म चल्ने छ । तिनै दिन प्रदेशका मन्त्रीहरुको अध्यक्षतामा कार्यक्रम आयोजना हुने राष्ट्रिय योजना आयोगले जनाएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *