[ad_1]

काठमाडौं, ४ मंसिर । प्रतिनिधिसभाका सांसद हृदयश त्रिपाठीले कृषि विकास मन्त्रालय खारेज गर्न माग गरेका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद त्रिपाठीले कृषकको कामै नगर्ने कृषि विकास मन्त्रालयको आवश्यकता नरहेको भन्दै खारेज गर्नुपर्ने माग गरेका हुन् ।
मंगलबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद त्रिपाठीले कृषि मन्त्रालयले तामझामबाहेक अरु केही पनि काम नगरेको आरोप समेत लगाए ।
सांसद त्रिपाठीले मन्त्रालयको ८२ प्रतिशत भन्दा बढि रुपैंयाँ कर्मचारीहरुको तामझाममा लगाउने मन्त्रालयको रुपमा सो मन्त्रालयको चित्रणसमेत गरे ।
सांसद त्रिपाठीले कृषि विकास मन्त्रालयका पदाधिकारीनै सबैभन्दा बढि विदेश भ्रमण गर्ने गरिरहेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे ।
[ad_2]
Source link



