[ad_1]

काभ्रेको पनौतीमा एक युवती नांगो भएर झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्।
जिल्लाको पनौती-५ की करिब २२ वर्षीया सुधा केसी घर नजिकैको आइटी पार्कपछाडि रूखमा पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएकी हुन्।
उनको शरीरमा भित्री वस्त्र मात्र रहेको र छेउमा अन्य कपडा भेटिएको काभ्रे जिल्ला प्रहरी कार्यालयका एसपी रविराज खड्काले नेपालखबरलाई जानकारी दिए।
सोमबार बिहान ५ बजे घरबाट निस्किएकी उनी मृत फेला परेको खबर त्यही दिन बिहान ७ बजे प्रहरीमा आएको उनले बताए।
‘उनको शरीरमा कुनै चोटपटक देखिँदैन, अनुसन्धान जारी छ,’ एसपी खड्काले नेपालखबरसँग भने, ‘शव पोस्टमार्टमका लागि पठाएको छौं, त्यसको रिपोर्ट आएपछि केही खुल्ला।’
बलात्कार/ हत्या हो कि ? नेपालखरबको प्रश्नमा एसपी खड्काले भने, ‘यही ढंगबाट अनुसन्धान गरिरहेका छौं। अहिले केही भन्न सकिँदैन। अहिले कुनै प्रमाण फेला परेको छैन।’
ती युवती काभ्रे कलेजमा ब्याचलर सेकेन्ड इयर (स्नातक दोस्रो वर्ष) की छात्रा रहेको प्रहरीले जनाएको छ।
[ad_2]
Source link



