Uncategorized

हेटौंडामा प्रदेश सरकारले सञ्चालनमा ल्यायो यातायात पूर्वाधार निर्देशनालय

७ मंसिर, हेटौंडा । प्रदेश ३ सरकारले हेटौंडामा यातायात पूर्वाधार निर्देशनालय सञ्चालनमा ल्याएको छ ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको निर्देशालय शुक्रबारबाट संचालनमा आएको हो । निर्देशनालयको मूख्यमन्त्री डोरमणि पौडेलले शुभारम्भ गरे ।

कार्यक्रममा बोल्दै मूख्यमन्त्री पौडेलले समृद्धिका लागि यातायात पूर्वाधार अत्यावश्यक रहेको भन्दै निर्देशनालयले यसबारे ठोस काम गर्ने विश्वास व्यक्त गरेे ।

भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहेका उनले पैसा लिनेमात्रै भ्रष्टचार नभइ काम ठग्नु पनि भ्रष्टाचार भएकोले प्रतिबद्ध भएर काम गर्न निर्देशन दिए । भौतिक पूर्वाधारका कामहरु तीब्र रुपमा अघि बढ्दै गएमा जनताले संघीयतामा विश्वास बढ्दै जाने बताए ।

कार्यक्रममा प्रदेश नम्बर ३ का प्रमुख सचिव आनन्दराज ढकाल, भौतिक पूर्वाधार विकास मन्त्रालय सचिव कौशलकिशोर झा, निर्देशनालयका निमित्त निर्देशक महेशन्द्र  न्यौपाने लगायतले यातायात पूर्वाधारको क्षेत्रमा रहेका समस्या समाधानमा निर्देशनालयले काम गर्ने बताउँदै प्रदेशमा रहेको यातायात सञ्जाललाई व्यवस्थित गर्न रणनीति तयारमा जोड दिए ।

कार्यक्रममा प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल, प्रमुख न्यायाधीवक्ता सूर्यचन्द्र न्यौपाने, प्रदेश प्रहरी प्रमुख डीआईजी दीपक थापा लगायतको सहभागिता रहेको थियो ।

निर्देशनालयले प्रदेशका सडक विस्तार, गुणस्तरीयता कायम, अध्ययन अनुसन्धान, सडक सुरक्षा लगायतका क्षेत्रमा काम गर्ने जनाइएको छ । निर्देशनालयमा २३ जना प्राविधिक कर्मचारी रहेका छन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *