७ मंसिर, नर्थ कियारोलिना । यहाँ गठन भएको नेपाली आमा समूहले नेपालको वृद्ध आश्रमको सहयोगार्थ देउसी–भैलो खेलेको छ ।
चितवनको देवघाटस्थित एक वृद्धआश्रमलाई सहयोग गर्ने उद्देश्यले खेलिएको देउसी–भैलोबाट करिब १ लाख रुपैयाँ संकलन भएको छ ।
नेपाली कला संस्कृति जगेर्ना गर्ने उद्देश्यले पनि कार्यक्रम आयोजना गरिएको समूही बिमला बोहराले बताइन् ।
अध्यक्ष बिष्णुमाया भारतीका अनुसार समूहले महिनाको दुई पटक एक ठाउँमा भेला भएर नेपाली कला संस्कृति प्रबद्र्धनका लागि भजन कीर्तन, संगिनी नाच , बालन, देउडा नाँच लगायत प्रस्तुत गर्दै आएको छ ।



