Uncategorized

चीनले भन्यो– व्यापारबारेको अमेरिकी आरोप अस्वीकार्य

७ मंसिर, काठमाडौं । चीनले गैरकानूनी व्यापार गरेको भनेर चीनले लगाएको आरोप अस्वीकार्य भएको टिप्पणी गरेको छ ।

विश्वका शक्तिशाली अर्थतन्त्र भएका दुई मुलुकका राष्ट्रप्रमुखबीच जी–ट्वान्टी सम्मेलनको अवसरमा महत्वपूर्ण भेटवार्ता हुने चर्चा चलिरहेका बेला चीनको यस्तो भनाइ सार्वजनिक भएको हो ।

चीनको व्यापारिक गतिविधिबारे गरिएका पहिलेका अनुसन्धानहरूको अद्यावधिक गर्दै वासिङ्टनले गत मङ्गलबार चीनले आफ्ना ‘गलत’ व्यापारिक गतिविधिलाई परिवर्तन गर्न तदारूकता नदेखाएको र पछिल्ला केही महिनायता अझै अविवेकी कार्य गर्न उद्दत बनेको आरोप सार्वजनिक गरेको थियो ।

बिहीबार सञ्चारमाध्यमसँगको नियमित भेटघाटमा चीनको वाणिज्य मन्त्रालयले वासिङ्टनको भनाइहरूको खण्डन गरेको छ । मन्त्रालयलका प्रवक्ता गाओ फेङले भने, ‘वासिङ्टनले तथाकथित अपडेट रिपोर्टको नाममा चीनमाथि विल्कुलै आधारहीन र तथ्यरहित आरोपहरू लगाइएको छ, चीनलाई यो सैह्य छैन ।’

चीनले रोबेटिक्स र नवीकरणीय उर्जा क्षेत्रमा विभिन्न गैरकानूनी उपायमार्फत नियन्त्रणमा राख्दै विश्व औद्योगिकिकरणमा प्रभाव जमाउन खोजेको अमेरिकी अधिकारीहरूले दावी गरेका थिए । अधिकारीहरूले चीनले आफ्नो भूमिमा रहेका अमेरिकी कम्पनीहरूलाई दबाबमा पारेर अमेरिकी बौद्धिक सम्पत्तीको आरोप लगाएका थिए ।

यसै बिषयलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले चीनबाट अमेरिका निर्यात गरिने दुई खर्ब ५० अर्ब अमेरिकी डलर चिनियाँ सामानमा २५ प्रतिशत करवृद्धि गरेको थियो । बदलामा चीनले पनि अमेरिकाबाट चीन ल्याइने एक खर्ब अमेरिकी डलर बराबरको सामानमा करवृद्धि गरेको थियो ।

गाओले सञ्चारकर्मीसँग भने, ‘हामी चाहन्छौं अमेरिकाले दुई पक्षीय आर्थिक र व्यापारिक सम्बन्धलाई विगार्ने किसिमका भनाई तथा गतिविधिलाई रोकोस् र सम्बन्धलाई पूरानो अवस्थामा ल्याउन रचनात्मक धारणाको अवलम्बन गरोस् ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनपिङसँग नोभेम्बर अन्त्यमा अर्जेन्टिनामा हुने जी–ट्वान्टी शिखर सम्मेलनका अवसरमा व्यापार विवादबारे छलफल गर्ने कार्यक्रम रहेको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *