Uncategorized

राजदूतमा सिफारिस व्यक्तिबारे गुनासो छ ? उजुरी गर्नुस्

७ मंसिर, काठमाडौं । संसदीय सुनुवाइ समितिले राजदूतमा सिफारिस ४ व्यक्तिविरुद्ध उजुरी आह्वान गरेको छ ।  सरकारद्वारा सिफारिस राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया थाल्न समितिले उजुरी आह्वान गरेको हो ।

गत कात्तिक २४ गते सरकारले  नीलाम्बर आचार्यलाई भारत, उदयराज पाण्डेलाई मलेसिया, कृष्ण ढकाललाई संयुक्त राज्य इमिरेट्स (यूएई) र अञ्जान शाक्यलाई इजरायलको राजदूतमा सिफारिस गरेको थियो

नेपालको संविधानको धारा २९२ मा नियुक्तिपूर्व राजदूतहरुको सिफारिस संसदीय सुनुवाइ समितिमा हुनुपर्ने व्यवस्था छ ।  यही प्रावधान अनुसार, समितिले प्रक्रिया थालेको हो ।

राजदूतमा सिफारिस व्यक्ति नियुक्तिका लागि अयोग्य लागेमा स्पष्ट आधार तथा सबुत प्रमाणसहित उजुरी पेश गर्न समितिले आह्वान गरेको छ ।

मंसिर १७ गते कार्यालय समयभित्र पहिचान खुलाएर उजुरी दिन सकिने छ ।  उजुरीकर्ताले चाहेमा उसको पहिचानसमेत गोप्य राखिने भएकाले ढुक्क भएर उजुरी गर्न समितिले सबैमा आग्रह गरेको छ ।

समितिको कार्यालयमा सोझै उपस्थित भएर तथा फोन,इमेल र फ्याक्समार्फत् उजुरी दिन सकिने व्यवस्था समितिले मिलाएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *