Uncategorized

एनआईसी एशिया बैंकको नयाँ शाखा रुपन्देहीको देवीनगरमा

६ मंसिर, काठमाडाैं । एनआईसी एशिया बैंकले रुपन्देहीको बुटवल उप–महानगरपालिका ११ मा आफनो नयाँ शाखा विस्तार गरेको छ ।

एनआईसी एशिया बैंकका प्रदेश नम्बर ५ का प्रादेशिक कार्यालय प्रमुख जयन्द्र रावलले  विहिबार एक कार्यक्रमका बीच उक्त शाखाको उद्घाटन गरे ।

बैकको हाल मुलुकभर २६६ शाखा कार्यालयहरु, २७४ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफलभएको छ ।

बैंकको वासलातको आकार २१० अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १६८ अर्ब तथा कर्जा १४३ अर्ब पुगेको छ । हालसम्म बैंकका ग्राहक संख्या करिब १३ लाख ५० हजार रहेको छ ।

 

 

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *