Uncategorized

तनावपूर्ण खेलमा मनाङले थ्रीस्टारलाई हरायो

६ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मस्र्याङ्दी क्लबले थ्रीस्टार क्लबलाई पराजित गरेको छ ।

यसअघि अपराजित रहेको थ्रीस्टार बिहीबारको खेलमा मनाङसँग २–१ ले पराजित भयो । खेलमा मनाङले १० औं मिनेटमा नै अञ्जन विष्टको गोलमा अग्रता लिएको थियो । दोस्रो गोल भने थ्रीस्टारका खेलाडीले आत्माघाती गरेका थिए ।

थ्रीस्टारले ८२ औं मिनेटमा पाएको पेनाल्टीमा रञ्जित धिमालले गोल गरेका थिए । जीतपछि मनाङ तीन खेलबाट ९ अंक जोड्दै लिग तालिकाको शीर्ष स्थानमा पुगेको छ ।

एन्फा एकेडेमी सातदोवाटोमा भएको खेलका क्रममा दुई टिमका खेलाडीबीच पटक पटक विवाद भएको थियो ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *