Uncategorized

चितुवा खोज्न प्राविधिक तनहुँमा

६ मंसिर, दमौली । तनहुँको भानु नगरपालिकामा चितुवाको आक्रमणबाट सर्वसाधारणको मृत्यु हुन थालेपछि त्यसलाई नियन्त्रणमा लिन राष्ट्रिय प्रकृति संरक्षण कोषका चार प्राविधिक टोलीले प्रयास थालेको छ ।

गत कात्तिक २८ गते उक्त नगरपालिकाको वडा नं ४ जोखाने निवासी चार वर्षीया बालिका रञ्जिता लम्सालको चितुवाको आक्रमणबाट मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले चितुवा खोज्न प्रहरी परिचालन गरी चार दिन खोज्दासमेत नभेटिएपछि संरक्षण कोषका प्राविधिक मङ्गलबार तनहुँ आइपुगेका हुन् ।

संरक्षण कोषबाट आएका प्राविधिकले मङ्गलबार भानुको जङ्गलमा खोर राखे पनि त्यहाँ चितुवा नआएकाले बुधबार पुनः जोखानेको जङ्गल क्षेत्रमा अर्को खोर राखिएको जिल्ला वन कार्यालयका प्रमुख केदार बरालले जानकारी दिए ।

यसअघि ०७४ फागुन १ गते वडा नं ३ दोरदोरका छ वर्षीय विशाल श्रेष्ठको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो भने गत मंसिर १ गते पनि वडा नं २ निवासी सात वर्षीय सन्जन नेपाली घाइते भएका थिए ।

 

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *