Uncategorized

सीआईबीको ‘स्टिङ अपरेशन’ मा १२ कछुवासहित एक जना समातिए

३ मंसिर, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले १२ वटा जीवित कछुवासहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखाको भिमेश्वर–२ का १८ वर्षीय रशिक श्रेष्ठ छन् । उनलाई सोमबार ललितपुरको ग्वार्कोबाट पक्राउ गरिएको हो ।

स्रोतका अनुसार उनले बयानमा आफूलाई एक व्यक्तिले त्यो कछुवा विक्री गरेको बताएका छन् । उनले ३० देखि ३५ हजार रुपैयाँप्रति गोटासम्ममा कछुवा विक्री हुने गरेको समेत जनाएका छन् ।

श्रेष्ठले स्वदेशमै कछुवा खरिद गरेको दाबी गरे पनि प्रहरीले विश्वास गरेको छैन ।

‘हत्केलामै अट्न सक्ने किसिमको यो कछुवा नेपालमा देखिएको थिएन’, एक अधिकारीले अनलाइनखबरसँग भने, ‘नेपाल बाहिरबाटै मगाइएको हुनसक्छ ।’

सीआईबीको ‘स्टिङ अपरेशन’ मा परेका उनलाई आवश्यक कारबाहीका लागि प्रहरीले जिल्ला वन कार्यालयमा बुझाइएको ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) सुदिप गिरीले बताए ।

तर, वन कार्यालयमा बुझाएसँगै श्रेष्ठमाथि थप अनुसन्धानमा हुनेमा अधिकारीहरुले आशंका व्यक्त गरेका छन् ।

‘यसअघिका घटनाहरु वन कार्यालयमा पुगेपछि थप फलोअप हुने गरेका छैनन्’, एक अधिकारीले भने, ‘यो केशमा पनि त्यस्तै नहोला भन्न सकिन्न ।’ घरपालुवा जनवारकै रूपमा पाल्न कछुवाको प्रयोग हुने गरेको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *