Uncategorized

विद्युत् चुहावट गर्ने मिललाई दुई लाख जरिवाना

३ मङ्सिर, लहान । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, नले विद्युत् चुहावट गलहारी राइस मिल सञ्चालन गर्ने एक राइस मिलका सञ्चालकसँग करिब दुई लाख जरिवाना गरेको छ ।

प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख विष्णुप्रसाद यादवको नेतृत्वमा खटिएको टोलीले विद्युत् मिटरमा प्वाल पारी विद्युत् चुहावट गरेको भन्दै सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ भौरस्थित फुलेश्वर राइस मिलका सञ्चालक फुलेश्वर यादवसँग रु एक लाख ९६ हजार ७९७ जरिवाना गरेको हो ।

विद्युत् मिटरमा प्वाल पारी विद्युत् चुहावट गरिरहेको पाइएपछि राइस मिलका सबै सामान नियन्त्रणमा लिइएको प्रमुख यादवले जानकारी दिए । मिलको सामान नियन्त्रणमा लिएपछि मिल सञ्चालक यादवले अब उप्रान्त त्यस्तो नगर्ने भनी निवेदन दिएको र जरिवानासमेत तिरेकाले समान छाडिएको प्रमुख यादवले बताए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *